खेलकुद

भेनस नेशनल कलेजको फुटबल कोचमा केन्याका फुटबलर बबी ओगोला ओडनगो नियुक्त

Lumbinikhabar Online

भेनस नेशनल कलेजले केन्याका अन्तराष्ट्रिय फुटबलर बबी ओगोला ओडनगोलाई फुटबल कोचमा नियुक्त गरेको छ । भेनसले बबीलाई  नेपालमा रहुन्जेलका लागि फुटबल कोचमा नियुक्त गरेको हो ।

भेनस कलेज  र बबी बीच  आईतबार क्लेजका अध्यक्ष पेमा छिरी शेर्पा र अन्तराष्ट्रिय फुटबलर केन्याको बबी ओगोला ओडनगो बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।क्याम्पस प्रमुख गौतमले शिक्षासंगै खेलकुदको माध्यमबाट अत्तिरिक्त क्रियाकलापलाई पनि महत्वमा राखेको छ भन्ने सन्देश दिन केन्याको फुटबलर बबी ओगोला ओडनगोलाई नियुक्ती गरेको बताए ।

केन्यामा  जन्मेका बबी हाल २७ बर्ष उमेरका खेलाडाी रहेका छन् । बबी नेपाल प्रवेश गर्नु अघि केन्याको Mathare united र AFC S.C , उगान्डाको Villa S.C ,तान्जानियाको Coastal Union S.C क्लबमा आबद्घ भई खेल खेलिसकेका छन् ।  साथै उनी हाल नेपालको Machindra क्लबमा आबद्घ छन । त्यसैगरि बबीले Qualifying for Worldcup Junior National Team र Qualifying for Africa CECAFA Junior National Team मा पनि खेल खेलिसकेका छन् । वि.सं २०७४ साल बैशाख १० गते उनी नेपाल आएर Machindra क्लबमा  खेल्न सुरु गरेका हुन् ।

बबीले भेनसलाई सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । बबी ओगोला ओडनगाले भेनससंग सहकार्य गर्ने अवसर दिएकोमा कलेज परिवारलाई धन्यवाद दिदै खेलकुदको पाटोमा विशेष गरी फुटबलमा  खेलाडीलाई अवसर दिनुका साथै प्रतिभावन खेलाडीको  उत्पादन गर्न के गर्नुका लागि सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता गरे  ।

Tags

छुटाउनु भयो कि ?