कोरोना संक्रमितहरू बढ्न थालेपछि सुनसरीमा भोलिदेखि राति ८ बजेपछि बजार बन्द गर्ने निर्णय गरिएको छ।
डीसीसीएमसी सुनसरीको बैठकले ८ बजेपछि सम्पूर्ण बजार, पसल तथा व्यवसाय पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो।
साप्ताहिक, दैनिक हाटबजार स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरेर मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ। बजार तथा पसलहरूमा समाजिक दुरी रहने गरी मात्र ग्राहकलाई प्रवेश दिनुपर्ने, स्यानिटाइजर वा हात धुने व्यवस्था गर्नुपर्ने निर्णय गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले बताए।
आउँदै गरेको दसैँ, तिहार, छठजस्ता पर्वहरूमा सावधानी अपनाउन आफ्नो परिवारसँग मात्र घरभित्र बसेर चाडपर्व मनाउन पनि आग्रह गरिएको छ।
आग्रहको बेवास्ता गरे र स्वास्थ्यसम्बन्धी मापदण्ड पालन नगरे कारवाही गरिने पनि निर्णय गरिएको छ।