बिबिध

साँखु–फड्केश्वर–बाहुनेपाटी सडकको स्तरोन्नती सुरुवात

Lumbinikhabar Online

मनमोहन मार्ग अन्तर्गत साँखु–फड्केश्वर–बाहुनेपाटी सडकको स्तरोन्नती सुरुवात भएको छ । बिहीबार पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधब कुमार नेपालले निर्माण शुभारम्भ गर्नुभएको हो । सडकको शिलान्यास गर्नुहुँदै पुर्व प्रधानमन्त्री नेपालले मनमोहन अधिकारीको निर्वाचित क्षेत्र पनि रहेकाले मनमोहन मार्गको अवधारणा विकास गरिएको बताउनुभयो । सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रको प्रवेशद्वार रहेको साँखु–फड्केश्वर–बाहुनेपाटी सडक स्तरउन्नति हुँदा सिन्धुवासीलाई प्रत्यक्ष लाभ हुने विश्वास व्यक्त गर्नुभयो ।

‘विकास निर्माणको सन्दर्भमा विभिन्न देशले एक वर्ष भित्रै फड्को मारेको अनेकन प्रमाणहरु छन् । नेपालको विकासमा पनि ठूलो फड्कोको आवश्यकता र सम्भावना छ ।’ नेपालले भन्नुभयो । चाबहिल–साँंखु सडक पटक पटको प्रयत्नमा पनि स्तरोन्नती जनअपेक्षा अनुसारको हुन नसकेको प्रति चिन्ता व्यक्त गर्नुहुँदै नेपालले मनमोहन मार्गको समयमानै स्तरोन्नतीमा सवै पक्षको सहयोगको अपील गर्नुभयो । देशमा तीव्र विकासको आवश्यकताको जरुरत देखिएकोले केन्द्रदेखि स्थानिय सरकारले समेत जनताले आशा गरिएको विकासमा केन्द्रित रहन आवश्यक रहेको नेता नेता नेपालले बताउनुभयो ।

१३ करोड ३२ लाखमा एक वर्षमा सडकको स्तरोनती सम्पन्न हुने सडक विभागले जनाएको छ । सिन्धुपाल्चोकको पश्चिमी भेगको प्रबेशद्वार मानिने साँखु–फड्केश्वर–बाहुनेपाटी सडक स्तरोन्नती हुँदा राजधानीसँग जिल्लाको सहज आवागमन हुनेछ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र २ का सांसद शेर बहादुर तामाङले मनमोहन मार्गको अबधारणा विकास गरि सिन्धु–काठमाण्डौको छोटो मार्गको काम सुरु गरिएको बताउनुभयो ।

राजधानी काठमाण्डौका लागि खानेपानीको मुहान क्षेत्र र सुन्दर नगरी मेलम्ची पर्यटन प्रवर्दनका लागि समेत उक्त सडकको महत्व रहने बताउनुहुँदै दु्रत गतिमा सडक स्तरोन्नतीको काम सम्पन्न गर्न सांसद तामाङले आग्रह गर्नुभयो ।

Tags

छुटाउनु भयो कि ?