बिबिध

डा. केसीको जीवनरक्षा गर्न माग गर्दै देशभरका चिकित्सक आन्दोलित

Lumbinikhabar Online

अनसनरत डा गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई दवाव दिन चिकित्सकहरुले अस्पतालहरुको आकष्मिक र कोभिड बाहेकका सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघको आव्हानमा चिकित्सकहरुले बिहिबार बिहान ९ देखि ११ बजेसम्म आकस्मिक र कोभिड बाहेकका सेवा ठप्प पारेका हुन् । डा केसीको माग सम्बोधनका लागि दवाव दिन चिकित्सकहरुले बिहीबार बिहानदेखि भने ९ देखि ११ बजेसम्म अस्पताल परिसरमा धर्ना दिएका थिए ।

डा केसीले नेपाली जनताको हितको लागि र मेडिकल शिक्षा प्रणाली सुधारका लागि मागहरु राखेको चिकित्सकहरु बताएका छन् । सरकारले डा केसीसँग वार्ताको लागि टोली गठन गरी छलफल शुरु गरेकाले सरकारले डा केसीको माग सम्बोधन गरी डा केसीको अनसन छिट्टै तोडाउन सरकारले पहल गर्ने उनीहरुको अपेक्षा छ । उनीहरुले डा केसीले पटक पटक अनसन बस्नुपर्ने अवस्था आउन नदिन सरकारसँग माग समेत गरेका छन् ।

यस्तै डा केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक तथा रेसिडेन्ट डाक्टहरुले कालो पट्टी बाँधेर रिले अनसन समेत सुरु गरेका छन् । डा केसीको माग सम्बोधनका लागि देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा पनि चिकित्सकहरुले रिले अनसन सुरु गरेको संघले जनाएको छ । डा केसीको माग सम्बोधन गरी उनको जीवनरक्षाको माग गर्दै नागरिक समाज तथा चिकित्सकहरुले देशभर सरकार विरुद्ध विरोधका कार्यक्रमहरु समेत जारी राखेका छन् । डा केसीको मागप्रति सरकारे वास्ता नगरेको भन्दै चौतर्फी विरोध शुरुभएपछि सरकारले बुधबार डा केसीसँग वार्ता गर्न शिक्षासचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । शिक्षा मन्त्रालयमा अहिले सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीच छलफल भइरहेको छ ।

Tags

छुटाउनु भयो कि ?