बिजनेस

नयाँ बसपार्क पनि अनलाइन टिकटमा

Lumbinikhabar Online

समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै भयो । कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी भएपछि मानिसहरू कार्यालयको काम घरबाटै गर्दैगर्दा अनलाइनको प्रयोग बाध्यकारी बन्यो । नयाँ बसपार्कको हकमा त्यो बाध्यता अवसर बन्यो ।

काठमाडौँको नयाँ बसपार्कबाट देशका करिब ६५ जिल्लामा दैनिक पाँच सय बस नयाँ बाहिरिन्छन् तर बन्दाबन्दीमा यो क्रम रोकियो । यातायात क्षेत्र अति प्रभावित भयो बसपार्क पनि सुनसान भए । बन्दाबन्दी खुले पनि बसपार्कहरूमा पहिलाकै चहलपल अझै फर्किएको छैन । मान्छेको भीड सबै हिसाबले असुरक्षित हुने भएकाले नयाँ बसपार्कलाई अनलाइन टिकट प्रणालीमा लगिँदै छ ।

बसपार्क व्यवस्थापनको जिम्मेवारी पाएको ल्होत्से बहुद्देश्यीय प्रालिले दशैँपछि नयाँ बसपार्कबाट छुट्ने बसहरूको सबै टिकट अनलाइन प्रणालीमा लैजाँदै छ । आफ्नो गन्तव्य र रुट अनुसारका बसहरू अनलाइनमा हुनेछन् । अनलाइनबाटै सिट रोजेर टिकट बुकिङ गर्न सकिने छ । यात्रुले अनलाइनबाटै बस भाडा तिर्नेछन् । अब टिकटका लागि बसपार्कमा घण्टौँ लाइन बस्नु पर्दैन ।

Tags

छुटाउनु भयो कि ?