बिबिध

चाडपर्व नजिकिए पनि बजार सुनसान

Lumbinikhabar Online

चाडपर्व नजिकिदै गर्दा काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरुमा सुनसान देखिएको छ । दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिदै गएपनि काठमाडौं उपत्यकाका प्रमुख व्यापरिक बजारमा चहलपहल कम देखिएको छ । विगतका वर्षहरुमा दशैं नजिकिएसँगै निकै भिड हुने बजारमा यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण सुनसान देखिएको हो ।

मंगलार साँझ न्यूरोड, दरबारमार्ग, ठमेल लगायतका बजारमा पुग्दा सुनसान देखिएको हो । केही पसलहरु खुलेको देखिएपनि अधिकांश पसलहरु बन्द भइसकेका थिए । सामान खरिद गर्न जानेहरु निकै न्यून देखिएका थिए । खासगरी लत्ताकपडा, घरायसी सामग्री, मोबाइल फोन, टेलिभिजन लायतका बाजरमा सुनसान देखिएको छ ।

विगतमा चाडपर्वको समयमा निकै भिड हुने क्षेत्र यसपटक सुनसान हुँदा व्यापारिहरु पनि निरास बनेका छन् । न्यूरोड, दरबारमार्ग र ठमेल त्यसैपनि साँझको समयमा निकै भिड हुने बजार हो । तर यस वर्ष कोभिड १९ को संक्रमणको जोखिमका कारण मानिसहरु सामान खरिद गर्न बजार निस्किएका छैनन् । त्यसैले पनि बजार सुनसान भएको छ भने व्यापार नै नभएको व्यापारिहरुको गुनासो छ ।

ठमेल क्षेत्रमा आन्तरिक ग्राहक भन्दा पनि पर्यटकहरु किनमेलका लागि बढी आउने क्षेत्र हो । पर्यटकिय क्षेत्र भएपनि यसवर्ष पर्यटकहरु नै देख्न पाइदैन् । त्यसैले पर्यटकलाई लक्षित गरि खोलिएका पसलहरु पनि प्राय बन्द हुने गरेको देखिएको छ । कोभिडका कारण उपभोक्ता नभएपछि व्यापारीक क्षेत्र सुनसान मात्रै भएको छैन यसको असर समग्र अर्थतन्त्रमा समेत पर्ने देखिएकोछ ।

Tags

छुटाउनु भयो कि ?