असोज २० – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकको उपचारमा कुनै कमि नराख्ने, स्वास्थ्य सामग्रीको अभाव हुन नदिन, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल घटना नदिन तथा बिरामीहरु अस्पतालको गेटबाट फर्कन नपर्ने गरी काम गर्न निर्देशन दिएका छन्। मन्त्री ढकालले भर्चुअल माध्यमबाट छलफल गर्दै निर्देशन दिएका हुन् । चाडबाडको बेला धेरै भिडभाड हुने भएको ले संक्रमणको जोखिम उच्च रहने भन्दै मन्त्री ढकालले उच्च मनोबलका साथ काम गर्न भनेका छन्। छलफलमा २५ अस्पतालका निर्देशकले सहभागिता जनाएका थिए र उनीहरूले कोरोना भाइरसका कारण भएको समस्या मन्त्री समक्षे राखेका थिए।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६