खेलकुद

धनगढीमा आयोजना हुने डिपिएल पूर्व निर्धारित मितिमा नहुने

Lumbinikhabar Online

धनगढीमा आयोजना हुँदै आएको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता पूर्व निर्धारित मितिमा नहुने भएको छ । आगामी कात्तिक ८ देखि २४ गतेसम्म तय गरेको डिपिएल क्रिकेट प्रतियोगिता कोरोनाभाइरसको संक्रमणको जोखिमका कारण समयमा नहुने भएको हो । आयोजक धनगढी क्रिकेट एकेडेमीले एक विज्ञप्ती जारी गर्दै कोरोनाको जोखिमका कारण पूर्व निर्धारित मितिमा प्रतियोगिता नहुने जानकारी गराएको हो । विज्ञप्ति प्रतियोगिता आयोजना हुने नयाँ मिति यथाशीघ्र घोषणा गरिने पनि जनाइएको छ । विगतका वर्षमा तीन संस्करण भइसकेको यस प्रतियोगिताको पहिलो संस्करणदेखि धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौँका टिमले सहभागीता जनाउदै आइरहेका छन् ।

Tags

छुटाउनु भयो कि ?