बिबिध

मिलापको आयोजना तथा राष्ट्रखबर र लायन्स क्लब काठमाडौं संचितको सहकार्यमा शैक्षिक सामाग्री वितरण

Lumbinikhabar Online

मिलाप फाउण्डेसनको आयोजना र राष्ट्रखबर तथा लायन्स क्लब अफ काठमाडौं संचितको सहकार्यमा काभ्रेको ३ वटा बिद्यालयमा अध्यनरत १४० जना विद्यार्थीहरुलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको मिलाप फाउण्डेशनले अन्य विभिन्न सहयोगी हातहरुको सहकार्यमा शुक्रबार काभ्रेपलाञ्चोक, नमोबुद्ध–६ चरङ्गेफेदीमा रहेको श्री काली गङ्गा प्रमाइमरी स्कुलमा आयोजित कार्यक्रममा साल्ट ट्रेडिङ्ग कर्पोरेशनले उपलव्ध गराएको स्कूल व्याग सहित उक्त स्टेशनरी सामाग्री,माक्स, साबुन लगायतका बिद्यार्थी उपयोगी सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

समाजसेवी तथा नेपाली काँग्रेसका चर्चित युवानेता गणेश लामाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा, कलाकार यमन श्रेष्ठ, लायन्स क्लव काठमाडौंका अध्यक्ष तथा युनिर्वसल डेण्टलका संस्थापक राजेन्द्रमान लामा, क्लवका संस्थापक अध्यक्ष गोपाल न्यौपाने, स्कुलका अध्यक्ष टीकाबहादुर केसी, स्कुलका प्राध्यापक रमेशप्रसाद न्यौपाने, समाजसेवी तथा व्यवसायी ईन्द्र न्यौपान,समाजसेवी दिपक न्यौपाने र समाजसेवी तथा कार्यक्रमका मुख्य ब्यबस्थापनको जिम्मेवारी सम्हालेका सुवाष न्यौपानेको आतिथ्यतामा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो । त्यस्तै कलाकार सञ्जित भण्डारी, गायक रामकृष्ण श्रेष्ठ, समाजसेवी राहुल बन्जाडे, समाजसेवी समीर केसीलगायतको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गणेश लामाले आफ्नो ठाउँमा आएर कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिदै आउदा दिनमा पनि यस्तै यस्तै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । अहिलेको यस्तो विषम परिस्थिति कारोना कहरका बीचमा पनि यस किसिमका सामाजिक कार्य गरेकोमा कार्यक्रम आयोजनाका लागी महत्वपूर्ण भूमिका निर्वाह गर्ने युवा समाजसेवी सुवास न्यौपाने तथा आयोजक टिमको प्रशंसा गर्नुभएको थियो ।

फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीले विशुद्ध सामाजिक सेवाका भावनाले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको मिलाप फाउण्डेसनले विगतमा पनि स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण लगायत अन्य सामाजिक कार्यगर्दै आएको बताउँदै शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा साथ सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष राज लुईंटेलले सामाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिने बताउनुभयो । यसै गरि समाजसेवी सुवास न्यौपानले आउँदा दिनहरुमा पनि समाजका विभिन्न क्षेत्रमा काम गर्ने बताउनुभयो ।

मिलापले गत वर्ष जेठ ४ गते नुवाकोटको विदुर नगरपाालिका, वडा–७, साहुगाउँमा निःशुल्क स्वास्थ्य शिविर अयोजना गरेको थियो भने चैत्र ८ गते नुवाकोटकै विदुर ,३ मैतार स्थित चण्डी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?