टप खबर

भारतमा बलि दिनका लागि किशोरीहरुको तसकारी

Lumbinikhabar Online

असोज १७ – सप्तरीको दौलतपुर–३ की एक किशोरीलाई भारतमा बलि चढाउनका लागि मानव तस्कर गिरोहले सुनसरीको कोसी–३ भन्टाबारी हुँदै सीमा कटाउन लाग्दा प्रहरीले सीमा नाकाबाट किशोरीलाई उद्दार गरेको हो। किशोरीलाई फकाई फुलाई गर्दै भारत लैजाने क्रममा एक युवतीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो। किशोरीलाई विराटनगर–१७ इस्लामपुरको बाटो हुँदै भारत लैजाने क्रममा किशोरीलाई सो व्यक्ति माथि शंका लागेपछि किशोरीले गाडीबाट हामफालेर आफूलाई बचाएकी हुन् र साना हातहरू नामक संस्थाको सहारामा प्रहरीसम्म पुगेकी हुन्।

यसअघि पनि काठमाडौंकी एक युवतीलाई मोडलिङका लागि भारत जानुपर्ने भन्दै बलि दिन लैजाने क्रममा सो युवतीलाई शंका लागेपछि प्रहरीलाई खबर गरिन र उनलाई पछ्याउदै प्रहरीले घटनामा संलग्न ७ मध्ये ६ जना विराटनगर र १ जनालाइ काठमाडौँबाटै पक्राउ परेका थिए।नेपाली युवतीलाई भारतमा बलि दिनका लागि लैजाने समूहमा बढी पुरुष हुन्छन्। तर, युवती फकाउन र एक ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउन महिलाकै संलग्नता हुने गरेको प्रहरीले पत्तलगाएक हुन्।

Tags

छुटाउनु भयो कि ?