बिबिध

भैरहवाबाट काठमाडौं जाँदै गरेको ट्रक त्रिशुली नदीमा खस्यो

Lumbinikhabar Online

असोज १७ – भैरहवाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक त्रिशुली नदीमा खसेर ३ जना व्यक्ति घाइते भएका छन्। ट्रक नदीमा खस्दा ट्रकको आधा भाग पानिमा डुबेको छ। दुर्घटनामा घाइते हुने ट्रक चालक २८ वर्षीय रोहित तामाङ, ट्रकमा सवारी भएका सोही ठाउँ बस्ने १९ वर्षीय रामकुमार लालचन र २३ वर्षीय अर्जुन रुम्बा रहेको प्रहरीले जनाएका छन्। घाइतेहरुको उद्धार गरी उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको छ ।

Tags

छुटाउनु भयो कि ?