बिश्व

जापानको बेरोजगारी दर तीन वर्ष यताकै उच्च

Lumbinikhabar Online

जापानको बेरोजगारी दर अगस्टमा तीन वर्षपछि पहिलो पटक उच्च देखिएको छ। कोरोनाभाइरसले व्यापारमा प्रतिकूल असर पारेपछि नियन्त्रणका उपाय अवलम्वन गर्दा यहाँको बेरोजगार दरमा वृद्धि देखिएको हो। जापानमा अगस्टमा बेरोजगार दर तीन प्रतिशत पुगेको सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

आन्तरिक मामिला र सञ्चार मन्त्रालयका अनुसार देशको बेरोजगारी दर लगातार दोस्रो महिना बढेको छ। जुलाईमा बेरोजगार दर २.९ प्रतिशत रहेकोमा यो अगस्टमा तीन प्रतिशत पुगेको हो। तथ्याङ्क विभागका अनुसार सन् २०१७ को मे महिनाको तुलनामा यहाँ बेरोजगार दर ३.१ प्रतिशतले बढेको हो।

गत वर्षभन्दा यो वर्ष जापानमा चार लाख ९० हजार बढी व्यक्ति बेरोजगार हुँदा कूल २६ लाख व्यक्ति बेरोजगार बनेका छन्। जापानको श्रम मन्त्रालयका अनुसार अगस्टमा रोजगार उपलब्धता दरमा लगातार आठौँ महिना कमी देखिएको छ। जापानमा सन् २०१४ को जनवरीपछि पहिलो पटक यो रफ्तार आएको हो।

Tags

छुटाउनु भयो कि ?