खेलकुद

आईपीएल क्रिकेटमा हैदराबादको दोस्रो जित, चेन्नई ७ रनले पराजित

Lumbinikhabar Online

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ । दुबईमा राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित निकालेको हो । हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाउन सक्यो ।

रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय पारी खेले पनि चेन्नईले जित्न भने सकेन । कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७, फाप डु प्लेसिसले २२ रन बनाए । त्यस्तै साम करन १५ रनमा अविजित रहे । हैदराबादका टी नटराजनले २ विकेट लिए ।

भुवनेश्वर कुमार र अब्दुल समदले १र१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । हैदराबादका लागि प्रियम गार्गले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै अविशेक शर्माले ३१ र मनिस पाण्डेले २९ रन बनाए ।

कप्तान डेभिड वार्नर २८ रनमा आउट भए । चेन्नईका दिपक चाहरले दुई विकेट लिए । शार्दुल ठाकुर र पियुस चावालाले १र१ विकेट लिए ।हैदराबादले ४ खेलमा दुई जित सहित ४ अंक जोडेको छ । चेन्नईको यो तेस्रो हार हो । ४ खेलमा २ अंक जोडेको चेन्नई तालिकाको पुछारमा छ ।

Tags

छुटाउनु भयो कि ?