बिबिध

सामाजिक सुरक्षा कोषबाट हुने भुक्तानी अब अनलाइन मार्फत

Lumbinikhabar Online

सामाजिक सुरक्षा कोषले आफ्ना विभिन्न योजना तथा कार्यक्रम सम्बन्धी भुक्तानीहरु अनलाइनबाटै गर्ने प्रक्रियाको थालनी गरेको छ। कोषले आफूले दिने सबै प्रकारका भुक्तानीहरु नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीएल)मार्फत दिन सुरु गरेको हो। उपदान, आश्रित परिवार, दुर्घटना, अशक्तता सुरक्षा योजना, औषधि उपचार र स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना लगायतका भुक्तानीहरु यसमा पर्छन्।

एनपीएलमा जोडिएको केनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीमार्फत सोझै लाभाग्राहीको बैंक खातामा रकम जम्मा हुने व्यवस्था छ। हाल कोषको राष्ट्रिय वाणिज्य बैंकको खाताबाट भुक्तानी दिने गरिएको छ। एनसीएचएल र कोषबीच गत वर्ष नै बैंक खातामा आधारित भुक्तानी गर्नका लागि सम्झौता भएको थियो।

रोजगार दाताले कोषको अनलाइन प्रणालीमा आफूलाई दर्ता गराई आफ्ना श्रमिकहरुका हकमा गर्ने योगदानमा आधारित रकमको संकलन गर्न सक्छन्। सन् २०११ मा स्थापना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम संचालनमा रहेको छ। कोषको मुख्य उद्देश्य योगदानकर्ताहरुको सामाजिक सुरक्षालाई ध्यानमा राखी विभिन्न योजना तथा कार्यक्रमहरुमार्फत सञ्चित रकमको उचित परिचालन गर्न हो।

Tags

छुटाउनु भयो कि ?