बिबिध

रामवरण यादव एकता अभिव्यक्त गर्न डा गोविन्द केसीलाइ भेटे

Lumbinikhabar Online

असोज १६ – चिकित्सा शिक्षा सुधार कार्यकर्ता त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भोक हडताल गरेक डा गोविन्द केसीले राखेका मागहरुप्रति एकजुटता जाहेर गर्दै पूर्व राष्ट्रपति रामवरण यादव शुक्रबार उनलाई भेट्न गएका हुन्। विगत तीन हप्तादेखि, डा केसी एक आमरण अनसनमा छन्, सरकारले विगतमा उनीहरुसँग सहमत भए अनुसार चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विस्तार गर्न माग गरेका छन्। यस अवसरमा यादवले सरकारले डा केसीको माग जतिसक्दो चाँडो सम्बोधन गर्नु पर्नेमा जोड दिए। यद्यपि उनले डा केसीलाई उनको उपवास अन्त्य गर्न अनुरोध गरे किनभने उनको स्वास्थ्य अवस्था नाजुक भईसकेको छ।

Tags

छुटाउनु भयो कि ?