बिबिध

देशभरको मौसममा सामान्य बदली, कतिपय स्थानमा पानी पर्ने सम्भावना

Lumbinikhabar Online

देशभर शुक्रबार दिउँसोको मौसममा सामान्यदेखि आंशिक बदली भएर केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको हो। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

शुक्रबार राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। अहिले बिहानीपख देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिक देखि सामान्य बदली रहेको छ। हाल उत्तर पश्चिम वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको मौसमविदले बताएका छन्।

Tags

छुटाउनु भयो कि ?