नेपाल आयल निगमले पेट्रालियम पदार्थको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, मटितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।
नयाँ मूल्यअनुसार डिजेल, मटि्टतेल प्रतिलिटर ८९ रुपैयाँ निर्धारण भएको छ । यस्तै निगमले पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । इन्डियन कर्पोरेसनबाट पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खरिद मूल्यमा केही बढेर आए पनि निगमले हाललाई यथावत् राखेको जनाएको छ ।
