बिबिध

सिंचाई विभागका सिडिइ शर्मा विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

Lumbinikhabar Online

जलस्रोत तथा सिंचाई विभाग ललितपुरका सिडिइ सुरेश कुमार शर्माविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्यिार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार शर्माले ३ करोड ६ लाख ५४ हजार नौ सय ३२ रुपैयाँ अवैध रुपमा आर्जन गरेको गरेको अभियोगमा मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार २०५२ माघ १८ गते अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका शर्माले आर्थिक वर्ष २०७६÷७७ सम्मको आर्जन गरेको मध्ये तीन करोड ६ रुपैयाँको स्रोत नखुलेको जानकारी दिए।

आयोगले उनकी श्रीमती बबिता फुयाल शर्माविरुद्ध पनि मुद्दा दायर गरेको छ।

आयोगको अनुसन्धानबाट शर्माले सरकारी सेवामा रहँदा २ करोड ३५ लाख ३१ हजार ६ सय ७४ रुपैयाँ मात्र वधै आम्दानी गरेका सिडिइ शर्माले अहिलेसम्म ५ करोड ४१ लाख ८६ हजार ६ सय सम्पत्ती थुपारेका छन्।

Tags

छुटाउनु भयो कि ?