बलिवुड

यौनशोषणको आरोप लागेका बलिउड निर्देशक अनुराग कश्यप पुलिस स्टेशनमा

Lumbinikhabar Online

यौनशोषणको आरोप लागेका बलिउड निर्देशक अनुराग कश्यप पुलिस स्टेशन पुगेका छन् । अभिनेत्री पायल घोषले अनुरागमाथि यौन शोषणको आरोप लगाउँदै मुम्बइको बर्सोवा पुलिस स्टेशनमा उजुरी दिएपछि पुलिसले अनुरागको नाममा नोटिस जारी गरेको थियो । सोही अनुसार अनुराग पुलिस स्टेशन पुगेका हुन् । पुलिसस्टेशनमा उनीसँग पायलले लगाएका आरोपबारे सोधपुछ गरिने बताइएको छ ।

पायलले यसअघि अनुरागलाई पुलिसले पक्राउ नगरेमा आफू अनसन बस्ने चेतावनी दिएकी थिइन् । अनुरागको गिरफ्तारी नभएको भन्दै पनि पछि पनि पटक पटक बर्सोवा पुलिस स्टेशन पुगेकी थिइन् । यसका अलावा उनले महाराष्ट्र राज्यका राज्यपालसँग भेटेर अनुरागको गिरफ्तारीका साथै आफूलाई ज्यान मार्ने धम्की आएकोले वाइ स्तरको सुरक्षा मागेकी थिइन् । यद्यपि आज पुलिस स्टेशन पुगेका अनुराग गिरफ्तार हुन्छन् भन्ने छैन । उनीसँग आज हुने सोधपुछमा उनले यौनशोषण गरेको पुष्टि हुने कुनै आधार देखिएका मात्र पुलिसले उनलाई गिरफ्तार गर्ने सम्भावना रहन्छ । अन्यथा उनलाई छाडिने सम्भावना हुनेछ ।

Tags

छुटाउनु भयो कि ?