बलिवुड

भारतमा अक्टोबर १५ देखि सिनेमा हल खुल्ने

Lumbinikhabar Online

भारतमा दैनिक ठूलो मात्रामा कोरोना संक्रमण देखिइरहेको भए पनि यही अक्टोबर १५ देखि सिनेमा हल, स्वीमिङ पुल र मनोरञ्जन पार्क पनि खुल्ने भएका छन्।

भारत सरकारले स्वास्थ्य सुरक्षाका केही सर्तसहित अबकाे १५ दिनमा ती क्षेत्र खुला गर्ने अनुमति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आज बिहीबार अक्टोरबर सुरु भइसकेको छ।

साथै भारत सरकारले विद्यालय र कलेजसमेत खोल्न अनुमति दिएको छ। तर यसबारे निर्णय गर्ने अधिकार केन्द्र सरकारले प्रदेश सरकारलाई दिएको समाचारमा उल्लेख छ। सिनेमा हल सञ्चालन गर्दा ५० प्रतिशत सिटमात्र प्रयोग गर्न अनुमति दिइएको छ।

Tags

छुटाउनु भयो कि ?