भारतीय चलचित्र क्षेत्रमा लागुऔषधसम्बन्धी मुद्दामा शाहरुख खानसहित एकैपटक चार नायककाे नाम जाेडिएकाे छ। यसअघि यस प्रकरणमा नायिकाको नाम मात्र मुछिएकामा अहिले नायक शाहरुख खान, रणवीर कपुर, अर्जुन रामपाल र डिनो मोरियाकाे नाम पनि जाेडिएकाे हाे।सुशान्त सिंह राजपुत मृत्यु प्रकरण अनुसन्धान गर्ने क्रममा बलिउडभित्र लागुऔषधको प्रयोग हुने गरेको खुलासा भएयता यस विषयमा पनि व्यापक छानबिन भइरहेको हो। जसकाे अनुसन्धान नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले गरिरहेकाे छ।यस क्रममा उल्लिखित चार नायककाे नाम पनि जाेडिन आइपुगेको दैनिक भास्करले जनाएकाे छ।एनसीबीका अधिकारीलाई उधृत गर्दै दैनिक भास्करले अर्जुन रामपालले शाहरुख खानलाई ड्रग्स सप्लाई गर्ने गरेकाे खबर लेखेकाे छ। दिल्लीका एनसीबी अधिकारीले नाम गाेप्य राख्ने सर्तमा ड्रग्स कनेक्सनमा बलिउडका ठूला नायकको नाम खुलासा गरेको दैनिक भास्करले जनाएकाे छ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६