खेलकुद

आइपीएलमा सट्टेबाजी गर्ने तीनजना पक्राउ

Lumbinikhabar Online

संयुक्त अरब इमिरेट्स (यूएईमा)मा जारी इन्डियन प्रमियर लिग (आइपीएल)मा सट्टेबाजी खेल खेलाएको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१५ भट्टीमोड बस्ने ३८ वर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ वर्षीय बैजनाथ साह र सोही महानगरपलिका-१७ रानी बस्ने ४२ वर्षीय जगदिश साह छन्।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सत्यजितलाई मोबाइल फोनबाट आइपीएल खेल हार्ने वा जित्ने भनी अनलाइनमार्फत् सट्टाबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न बैजनाथ र जगदिशलाई समेत प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट नगद ६० हजार रुपैयाँ, ३ थान मोबाइल, १ थान ल्यापटप र १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।

Tags

छुटाउनु भयो कि ?