खेलकुद

टोटेनहम ५–४ ले विजयी

Lumbinikhabar Online

लण्डन क्लब चेल्सी काराबाओ कपबाट बाहिरिएको छ । गएराति भएको चौथो चरणको खेलमा टोटेनहम हर्ट्सपरसँग पराजित हुँदै चेल्सी प्रतियोगिताबाट बाहिरिएको हो । गएराति भएको खेलमा टोटेनहमले पेनाल्टी सुटआउटमा चेल्सीलाई हराएको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा टोटेनहम ५–४ ले विजयी भयो ।

चेल्सीका मासन माउन्टले पेनाल्टीमा गोल गर्न नसकेपछि पराजित भएको हो । जितसँगै टोटेनहम प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गरेको छ । खेलमा अग्रता चेल्सीले १९ औं मिनेटमा टिमो वार्नरको गोलबाट लिएको थियो । खेल सकिन ७ मिनेट अघि इरिक लामेलाले गोल गर्दै टोटेनहमलाई बराबरीमा ल्याएका थिए ।

Tags

छुटाउनु भयो कि ?