जीवनसैली

प्याराग्लाइडिङ असोज १५ बाट सञ्चालनमा आउने

Lumbinikhabar Online

सहासिक खेल प्याराग्लाइडिङ असोज १५ गतेबाट पोखरामा सञ्चालनमा आउने भएको छ । नेपालको चर्चित पर्यटकीय स्थल पोखरामा व्यवसायीक रुपमा खेलाईदै आएको प्याराग्लाइडिङ कोरोना महामारीका कारण विगत ७ महिनादेखी बन्द थियो ।

सरकारले असोज ५ गतेबाट आन्तरिक उडान शुरु गरेसँगै प्याराग्लाइडिङ पनि असोज १५ गतेवाट व्यवसायीक रुपमा सञ्चालनमा आउने पक्का भएको हो ।
अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यवसायीक रुपमा प्याराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्था (नाका) ले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?