खेलकुद

राजस्थानको शानदार जित

Lumbinikhabar Online

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति शारजाहमा भएको खेलमा राजस्थान रोयल्सले कीर्तिमानी जित दर्ता गरेको छ । २२४ रनको कीर्तिमानी लक्ष्य पूरा गरेर राजस्थानले किंग्स इलाभेन पञ्जाबलाई चार विकेटले पराजित गरेको हो । सन्जु सामसनलको ८५, राहुल तेवतियाको ५३ तथा कप्तान स्टीभन स्मिथको ५० रनको सहयोगमा राजस्थानले १९ ओभर तीन बलमा २२६ रन बनाएर जित निकालेको हो । पहिले ब्याटिङ्ग गरेको पञ्जाब मात्रै दुई विकेटको क्षतिमा २२३ रन बनाएर पनि हारबाट जोगिन सकेन । पञ्जाबका लागि मयंक अग्रवालले १०६ तथा कप्तान केएल राहुलले ६९ रनको योगदान दिएका थिए ।

Tags

छुटाउनु भयो कि ?