बिश्व

अफगान सेनाको कारबाहीमा १२ तालिबानी मारिए

Lumbinikhabar Online

अफगानिस्तानका पूर्वी क्षेत्रका दुई प्रान्तमा शनिबार भएका सैन्य कारबाहीमा परी कम्तीमा पनि १२ जना तालिबानी लडाकूहरुको ज्यान गएको बताइएको छ। उनीहरु शनिबार अपरान्हमा सरकारी सैन्य कारबाहीमा परी मारिएका अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार जानकारी दिएको छ। अफगानिस्ताको पूर्वी प्रान्त लागोरमा अफगान सेनाको एयर फोर्सले गरेको हवाई कारबाहीमा परी छ जना ताबिलानी लडाकू मारिएका छन् ।

उनीहरु सो क्षेत्रमा स्थापना गरी सञ्चालनमा ल्याएको अखडामाथि अफगान सरकारी सेनाले हवाई आक्रमण गरेको थियो । सो कारबाहीबाट उक्त क्याम्प ध्वस्त भएको बताइएको छ । त्यसैगरी सो प्रान्तको छिमेकी अर्को प्रान्त घाज्नीको आब जिल्लामा रहेको एक प्रहरी चौकीमा तालिबानका लडाकूहरुले शनिबार साँझ हमला गरेका थिए। त्यस क्रममा अरु पाँच जना तालीबानी लडाकूहरु घाइते भएका छन्। यी दुवै कारबाहीहरुमा अफगान सुरक्षाकर्मीतर्फ भने कुनै क्षति नभएको बताइएको छ । यी कारबाहीका विषयमा अफगानिस्तानमा सशस्त्र हिंसा गरिरहेका लडाकूहरुले भने कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

Tags

छुटाउनु भयो कि ?