खेलकुद

बायर्न म्युनिखले जित्यो युईएफए सुपर कपको उपाधि

Lumbinikhabar Online

जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा स्पेनिस क्लब सेभियालाई २–१ ले हराउँदै बायर्नले सुपर कपको उपाधि जितेको हो । करिब २० हजार दर्शकसामू बायर्नले उपाधि उचाल्यो । कोरोना महामारीपछि पहिलो पटक मुख्य प्रतियोगितामा दर्शकलाई मैदान प्रवेशको अनुमति दिईएको थियो । खेलमा अग्रता भने सेभियाले खेलको १३ औं मिनेटमा लुकास ओकम्पोसको पेनाल्टी गोलमार्फत लिएको थियो । डेभिड अल्बाले इभान राकिटिचलाई डिबक्स भित्र लडाँएपछि सेभियाले पेनाल्टीको अवसर पाएको थियो ।

बायर्नका लियोन गोरेत्र्जकाले ३४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा जाभियर मार्टिनेजले बायर्नका लागि गोल गर्दै उपाधि दिलाए । बायर्न गत सिजनको च्याम्पियन्स लिगको विजेता र सेभिया यृुरोपा लिगको विजेता बनेका थिए ।

Tags

छुटाउनु भयो कि ?