बिबिध

पशुपति मन्दिर र लुम्बिनी खुला गर्ने तयारी

Lumbinikhabar Online

कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि सर्वसाधारणलाई दर्शन गर्न दिईएको थिएन । विभागीय मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पशुपति मन्दिर र लुम्बिनी खुला गर्ने निर्णय गरेको छ सर्वसाधारणको लागि मन्दिर दर्शन खुला गर्दा मापदण्ड भने बनाईने भएको छ ।

कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकमा मन्त्री योगेश कुमार भट्टराईले यसबारेमा सिफारिस लैजाने भएका हुन् । आज (बिहीबार) मन्त्रालयमा बसेको उच्चस्तरीय समुहको बैठकले अब धार्मिकस्थलहरु खुला गर्ने निर्णय गरेको हो । पछिल्लो समय पशुपति मन्दिर दर्शनको लागि सर्वसाधरणलाई खुला गरिनुपर्ने जनदबाब बढिरहेको छ ।

Tags

छुटाउनु भयो कि ?