राजनीति

आफुले कसैलाई ‘पखे’ नभनेको भन्दै , प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको स्पष्टीकरण

Lumbinikhabar Online

असोज ८ – ‘अहिलेसम्म कसैलाई पनि पखे नभनेको’ भन्दै, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्टीकरण दिएका छन्। थापाले एक अन्तर्वातामा कुलमान घिसिङले गर्दा लोडसेडिङ अन्त्य भयो भन्नेहरूलाई ‘पाखे’ भनेकाे भन्दै हाल समाजिक सञ्जालमा आलोचना भइरहेको छ । बुधबार ट्विटरमार्फत थापाले उनले ‘पाखे’ नभनेर ‘एकपाखे’ भनी टिप्पणी गरेकाे स्पष्ट पार्नुभएकाे छ । उनले स्पस्टि गर्दै यस कुरालाई संचारकर्मीहरुले बढाई चढाई प्रसार गरेको गुनासो समान गरेका छन्।

मैले पाखे भनेको भनेर एकथरी दुराशय बोकेका व्यक्तिहरूले अति गरिरहेको पाएँ, ‘एकपाखातिरको कुरा गरेर अर्कोपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएक। त्यसलाई तोडमरोड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूको भ्रममा नपर्न आग्रह गर्दछु।’ थापाले ट्विटरमा लेख्नुभएकाे छ।

Tags

छुटाउनु भयो कि ?