टप खबर

आगामी तीन दिनको मौसम पूर्वानुमान

Lumbinikhabar Online

असोज ८ – मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर वर्षा भइरहेको छ। महाशाखाद्वारा ,देशभरको वर्षा भइरहेको र धेरै जसो स्थानहरुमा अति भारि वर्षाको सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने,पहिरो जाने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्। निरन्तर वर्षा भइरहेकोले देशभरको अधिकांश नदीमा जलसतह बढेको छ ।बुटवलमा तिनाउ नदीले खतरा तह पार गरेको भन्दै नदी तटीय क्षेत्र र आसपासमा डुबान हुन सक्ने भन्दै महाशाखाले बिहीबार दिउँसोसम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्।त्यसैगरी बाढी पूर्वानुमान महाशाखाले नारायणी नदीमा जलसतहले सतर्कता तह पार गरेकाले चितवन र नवलपरासीका तटीय क्षेत्रमा दिनभरि नै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनको मौसम:

असोज ८ गते (बिहीबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेको र देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको र देशभर बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज ९ गते (शुक्रबार)

दिउँसो : देशभर मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति : देशभर मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

असोज १० गते (शनिबार)

दिउँसो : देशभर मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश नं १ र प्रदेश नं २ का १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशभर मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Tags

छुटाउनु भयो कि ?