राजनीति

हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटियो

Lumbinikhabar Online

लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको जानकारी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिए ।उनका अनुसार सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा भेटिएको हो । हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको उनले बताए । ‘यो स्तम्भ भेटिएपछि अब रेखांकन गर्न सहज हुने भएको छ,’ उनले भने, ‘यसले अहिले चीनले संरचना बनाएको लोलुङजोङ क्षेत्र कतातिर पर्छ भन्ने पनि स्पष्ट पार्नेछ ।’

स्तम्भमा नेपालपट्टि २०१९ साल र चीनपट्टि १९६२ लेखिएको छ । यसअघि नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली लाप्चाबाटै फर्किएको थियो ।

Tags

छुटाउनु भयो कि ?