कोभिड-१९

कोरोना संक्रमितको उपचारमा संलग्नको २५ लाखको निःशुल्क बीमा गर्ने

Lumbinikhabar Online

सरकारले कोरोना संक्रमितको उपचारमा संलग्नहरूको २५ लाखको निःशुल्क बिमा गर्ने निर्णय पनि गरेको छ । १ असोजका मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।

कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निशुल्क बीमा क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

Tags

छुटाउनु भयो कि ?