बिबिध

नारायणगढ–मुग्लिन सडक खण्डको सडक पुनः अबरुद्ध

Lumbinikhabar Online

नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो ।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अबरुद्ध भएको हो । सोहि स्थानमा बुधबार दिउँसो ४ः३० बजे पहिरो खसेको थियो । पहिरो पन्छाएपछि साँझ ७ बजेदेखि सडक सञ्चालन गरिएको थियो । तर राति ९ बजेपछि फेरि पहिरो खसेर सडक अवरुद्ध भएको छ । केही दिन यताको निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।

Tags

छुटाउनु भयो कि ?