बिबिध

पाल्पाको फोक्सिङकोटमा पहिरो जाँदा पाँच जना बेपत्ता

Lumbinikhabar Online

पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् ।
फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहाको परिवारका पाँच जना पहिरोमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरूमा ६० वर्षीय हुमबहादुर गाहा, उनकी श्रीमती, छोरी, छोरीको छोरी (नातिनी) र छोराको छोरी (नातिनी) रहेका छन् ।

प्रहरी चौकी हुगीका प्रहरी सहायक निरीक्षक कन्हैया चौधरीले दुई वटा घर पहिरोले पुरिएको जानकारी आएको बताए ।
“दुई वटा घर पुरिएका छन् । एक घरका पाँच जना बेपत्ता छन् । हामी गाउँपालिका अध्यक्षसँगै फोक्सिङकोट जाँदैछौं । ठूलो पानी परिरहेकाले पुग्न केही ढिलाइ भइरहेको छ । ४५ मिनेटमा हामी त्यहाँ पुगेपछि घटनाको बिस्तृत बिबरण आउँछ,” उनले भने ।

Tags

छुटाउनु भयो कि ?