बलिवुड

बलिउड अभिनेता आयुष्मान विश्वको एकसय प्रभावशालीको सुचीमा

Lumbinikhabar Online

बलिउड अभिनेता आयुष्मान खुरानाले आफ्नो फिल्मबाट खासै पहिचान बनाउन नसकेता पनि भारतमा केही प्रतिष्ठित पुरस्कार पाएपछि विश्वभरमा नै उनले किर्तिमान स्थापित गरेका छन् । हालै प्राप्त जानकारी अनुसार आयुष्मान खुरानाको नाम प्रतिष्ठित म्यागजिन टाइमको एक सय प्रभावशाली सुचीमा राखिएको छ । आयुष्मान मात्र एक भारतीय कलाकार हुन्, जसको नाम यस सुचीमा रहेको छ ।

आयुष्मान खुरानाको साथै भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पनि नाम सुचीमा राखिएको छ । मोदीको नाम नेताको श्रेणीमा राखिएको छ । आयुष्मान खुराना आफैले इन्टाग्रामको अकाउन्टमा यसको जानकारी दिदै एक इन्फोब्यानर सेयर गरेका हुन् । उनको नाम प्रकाशित भएको देखेर फ्यान र साथीहरुले बधाई दिइरहेका छन् ।

टाइम म्यागेजिनमा आयुष्मान खुरानालाई दिपिका पादुकोणले एक नोट लेखेकी छिन्, ‘मलाई आयुष्मानको डेब्यु फिल्म ‘विक्की डोनर’बाट याद छ । पुरुषहरुको चरित्र प्रायः पुरुषत्वको निधारित सिमाभित्र बाधिएको हुन्छ, आयुष्मानले यी सबै परम्परा तोडेर नयाँ चरित्र सिर्जना गरे । ’टाइमको आधिकारीक वेबसाइटमा दिपिका पादुकोणले अगाडी लेखेकी छिन्, ‘१.३ अर्ब भन्दा धेरै जनसख्या मध्ये केही व्यक्तिले मात्र सपना जीवित देख्छ र आयुष्मान खुराना पनि ती मध्ये एक हो ।’

यो समयमा १०० सुचीमा आयुष्मान खुरानाको नाम समावेश हुनु पनि बलिउडको लागि विशेष रेकर्ड हो ।

Tags

छुटाउनु भयो कि ?