बिबिध

वीर अस्पतालमा भएको कैदबन्दीको मृत्यु विवादास्पद, उक्त समाचारमा कुनै यथार्थ नरहेको कारागार प्रमुख बास्कोटाको भनाइ

Lumbinikhabar Online

असोज ७ – रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घर भएका ६३ वर्षीय राम लखन जैसवाल काठमाडौँको केन्द्रीय कारागारमा सुन्धारामा जेल जीवन बिताइरहेका उनको गत शनिबार राति वीर अस्पतालमा मृत्यु भएको छ। जैसवालको परिवारद्वार उनको मृत्यु शंकास्पद रहेको बताउ छानबिन गर्न माग गरेको छ। केन्द्रीय कारागार सुनधारामा रहेका जैसवाललाइ केही दिन अघिदेखि नै श्वासप्रश्वासमा समस्या आएपछि तुरुन्तै असोज ३ गते वीर अस्पतालमा भर्ना गरिएको हो र असोज ४ गते नै उनको मृत्यु भएको हो।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीले जैसवालको उपचारको क्रममा मृत्यु भएको बताएका छन् भनि जैसवालको परिवारले आँखा झिकेको, घाँटी काटिएको र उनिको मृत्यु नभएर हत्या गरिएको भन्ने आरोप लगाएका छन्। अस्पतालको चिकित्सकले भने आँखा झिकेको तथा घाँटी काटिएको अफवाह भन्दै भ्रामक समाचार सम्प्रेषण भएको बताएका छन् र एस्तो नगर्न आग्रह समेत गरेका छन्। जैसवालको शव रेफ्रिजेरेटरमा नराख्दा उनको शरीर सडेर त्यस्तो देखिएको बताउदछन् भने जैसवाल को परिवारले यो कुरा मान्न तैयार छैनन्। कोरोना लागेको बिरामीको शव संवेदनशील अवस्थामा राख्नुपर्ने दाहित्वबाट अस्पतालले लापरबाही गरेको आरोप जैसवालको परिवारले बताएको छ। कारागार प्रमुख लक्ष्मी प्रसाद बास्कोटाले जैसवालको मृत्युबारे निरीक्षण गरिएको बताएका छन् र शव अवलोकन गर्दा हल्ला गरिए जस्तो चोटपटक नदेखिएको बास्कोटाले बताएका छन्।

Tags

छुटाउनु भयो कि ?