बिबिध

सरकारले इजरायलसँग श्रम सम्झौता गर्ने

Lumbinikhabar Online

सरकारले इजरायलसँग श्रम सम्झौता गर्ने निणर्य गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलसँग श्रम सम्झौता गर्ने निणर्य गरेको बैठकमा सहभागी एक मन्त्रीले डिसी नेपाललाई जानकारी दिए ।

इजरायले नर्सिङ क्षेत्र (हस्पिटल, नर्सिङ होम, डे केयर सेन्टर) मा नेपाली केयरगिभर लैजाने प्रस्ताव गरेको थियो । पहिलो वर्ष नेपालबाट ५ सय जना नर्सिङ क्षेत्रका कामदार लैजाने उसको प्रस्ताव थियो। कामदार लैजाने प्रस्ताव गरेपछि नेपाल र इजरायलबीच सरकारी स्तरमा सम्झौता हुन लागेको बताइएको छ।

‘जी टु जी’ (सरकार-सरकारबीचको सम्झौता) अनुरुप नेपाली कामदार इजरायल जान पाउनेछन् तर,अहिले इजरायलले लैजाने नेपाली यसअघिको जस्तो घरभित्र काम गर्ने कामदार भने होइनन्।

नर्सिङ क्षेत्रमा निश्चित योग्यता भएका (अनमी वा अन्य त्यस्तै शैक्षिक उपाधि हासिल गरेका वा १२ कक्षा पास गरी ३ महिने केयरगिभर तालिम लिएका व्यक्तिहरु, अंग्रेजी भाषा उत्तीर्ण (लिखित तथा अन्तर्वाता दुवै) निश्चित उमेर, तौल, उचाइ, निरोगी भएको मेडिकल सर्टिफिकेट, अपराधमा संग्लन नभएकोलगायतका योग्यता पुगेका व्यक्तिहरु स्वच्छ प्रतिस्पर्धाबाट छनौट भइ जान पाउने छन्।

Tags

छुटाउनु भयो कि ?