बिबिध

ट्रमा पुर्‍याइएका अनसनरत डा. केसीलाई टिचिङ लगियो

Lumbinikhabar Online

अनसनरत डा गोविन्द केसीलाई त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल लगिएको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको मागसहित गत भदौ २९ गतेबाट डा केसी जुम्लामा अनसन शुरु गरेका थिए । उनको स्वास्थ्यमा समस्या आएसँगै आज नै उनलाई काठमाडौं ल्याइएको थियो । उनले त्रिवि शिक्षण अस्पतालमा बस्ने भनिएपनि डा केसीलाई पुलिसले जबरजस्ती ट्रमा सेन्टर सेन्टर लगेको थियो ।

डा केसीले आफूलाई टिचिङ नलगिए कुनैपनि परीक्षण गर्न नदिने दृढता व्यक्त गरेका थिए । उनले सरकारले आफ्नो माग पुरा नगरेसम्म कुनै पनि हालतमा अनसन नतोड्ने समेत बताएका छन् । उनको मागप्रति ऐक्यबद्धता जनाउँदै आम नागरिकदेखि नेतासम्मले प्रहरीले उनलाई गरेको व्यवहारप्रति आपत्ती जनाएका छन् । डा केसीको यो १९ औँ अनसन हो ।

Tags

छुटाउनु भयो कि ?