बिबिध

अनशनरत डा.गोविन्द केसीलाई ट्रमा सेन्टर लगियो

Lumbinikhabar Online

चिकित्सा सुधारलगायतका माग राख्दै अनशनरत डा. गोविन्द केसीलाई ट्रमा सेन्टर लगिएको छ । डा. केसी त्रिवि शिक्षण अस्पतालमा बस्न चाहेका थिए, तर उनलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगेको हो ।

शिक्षण अस्पतालमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै उनलाई प्रहरीले ट्रमा सेन्टरमा पुर्‍याएको उनका सहयोगले बताएका छन् । हिजो हेलिकोप्टरमार्फत नेपालगन्ज आइपुगेका डा. केसीलाई ११ः२५ को बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइएको हो । केसीलाई विमानस्थलबाटै प्रहरीले ट्रमा सेन्टर लगेको हो ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसीले जुम्लामा अनशन सुरु गरेका थिए । जुम्लामा असहज स्थिति भएपछि डा. केसी काठमाडौं आएका हुन् ।

Tags

छुटाउनु भयो कि ?