बिबिध

साउदी अरबले बिहीबारदेखि श्रम भिसा दिन सुरु गर्ने

Lumbinikhabar Online

साउदी अरबले बिहीबारदेखि श्रम भिसा दिन सुरु गर्ने भएको छ। नेपाल वैदेशिक रोजगार व्यवशायी महासंघका अनुसार साउदी अरबले श्रम भिसा, भिजिट भिसा र आवासीय भिसालगायत भिसा दिन लागेको हो।

कोरोना भाइरसको महामारी र लकडाउनका कारण साउदी अरबले श्रम भिसा दिन बन्द गरेको थियो। कोरोना भाइरसको महामारीका कारण भिसा अवधि समाप्त भएका, रोजगारी गुमाएका लगायत १० हजार ८ सय ५८ जना नेपाली साउदी अरबबाट स्वदेश फर्किएका छन्।

Tags

छुटाउनु भयो कि ?