भारतमा श्रीमानद्वारा एक गर्भवती महिलाको पेटमा हँसियाले काटिएपछि सो महिलाको गर्भपतन भएको हो। गर्भवती श्रीमतीको पेटमा छोरा या छोरि छ भनेर जान्नका लागि श्रीमानले पेट काटेको महिलाको परिवारले आरोप लगाएका छन्। दम्पतीका ५ ओटी छोरीहरू छन् र श्रीमान्ले आफ्नी श्रीमतीलाई छोराको लागि दबाब दिइरहेका बताएका छन्। पक्राऊ परेका व्यक्तिले जानाजानी आफ्नी स्वास्नीलाई चोट पुर्याउने कुरालाई अस्वीकार गर्दै केवल एक दुर्घटना भएको बताएको छ। घटना उत्तर प्रदेशको बदायुन जिल्लामा भएको ह। घाइते महिलाको अवस्था दिल्लीको अस्पतालमा स्थिर छ र उनको पति पक्राउ परेका छन्।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६