बिबिध

रानीपोखरी पुर्ननिर्माण कार्य अन्तिम चरणमा

Lumbinikhabar Online

असोज ४ – भुकम्पपछि पुर्ननिर्माण सुरु भएको रानीपोखरी करिब ५ वर्षपछि पुरा हुन अन्तिम चरणमा पुगेको छ। पोखरीको पानि सुकेर भताभुङ्ग देखिने रानीपोखरी पूर्णनिर्माणपछि आकर्षक र लोभलाग्दो देखिएको छ। पोखरीमा पानी जमाउनका लागि २ दिनदेखि केयूकेएल अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले यसमा करिब पौने ३ करोड लिटर पानी भरिसकेको छ। आज साझा सम्म राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर रमाजुमान मानन्धरका अनुसार पोखरीमा पूर्ण रुपले पानि भरिने जानकारी दिएका छन्। पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर निर्माण हुड्दै अन्तिम चरणमा पुगिसकेको छ। बर्षाको पनि जम्मा हुन थालेपनि पोखरीमा पानि भरिन सकेको थिएन र डिप बोरिङ गरेर भर्न खोजिएपनि सम्पदा अभियान्ताको विरोधले रोकिएको थियो । केयूकेएलले रानीपोखरी भर्ने पानी उपलब्ध गराएपछि साँझसम्म रानीपोखरीमा टनाटन पानी भरिनेछ र रानीपोखरी पुनर्जीवित हुनेछ।

Tags

छुटाउनु भयो कि ?