बलिवुड

फिल्म निर्माता अनुराग कश्यपमाथि अभिनेत्री पायल घोषको यौन उत्पीडनको आरोप

Lumbinikhabar Online

अभिनेत्री पायल घोषले फिल्म निर्माता अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । पायल घोषले अनुराग कश्यपलाई ट्वीटरमा ट्याग गर्दै लेखेकी छिन्, ‘अनुराग कश्यपले ममाथि जबरजस्ती गरे । नरेन्द्र मोदी जी उनीविरुद्ध कारवाही गर्न र यी सृजनात्मक पुरुष पछाडिको राक्षसी अनुहारलाई देशभरी उदाङ्गो पारिदिन आग्रह गर्दछु । मैले यस्तो कुरा गर्दा, यसले मलाई नै क्षती पुर्याउँछ र थाहा छ कि मेरो सुरक्षामा खतरा छ । कृपया मद्दत गर्नुहोस् ।’अभिनेत्री पायल घोषले फिल्म निर्माता अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन्। पायल घोषले अनुराग कश्यपलाई ट्वीटरमा ट्याग गर्दै लेखेकी छिन्, ‘अनुराग कश्यपले ममाथि जबरजस्ती गरे । नरेन्द्र मोदी जी उनीविरुद्ध कारवाही गर्न र यी सृजनात्मक पुरुष पछाडिको राक्षसी अनुहारलाई देशभरी उदाङ्गो पारिदिन आग्रह गर्दछु । मैले यस्तो कुरा गर्दा, यसले मलाई नै क्षती पुर्याउँछ र थाहा छ कि मेरो सुरक्षामा खतरा छ । कृपयाा मद्दत गर्नुहोस् ।’

रेखा शर्माको यो स्वतः सज्ञानमा पायल घोषले उनको ट्वीटलाई रिट्वीट गर्दै लेखिन्, ‘धन्यवाद, म त्यस्तै गर्नेछु ।’अनुराग कश्यपले पनि अबेर राती करिब १ बजेतिर हिन्दी भाषामा चारवटा ट्वीट गरे । अनुरागले आफ्नो ट्वीटमा लेखे, ‘मलाई चुप गराउनका लागि यत्तिका समय लाग्यो ? खैर, केही छैन । मलाई चुप गराउँदा गराउँदै यति झुटो बोल्यौ कि महिला भएको नाताले अन्य महिलालाई पनि तान्यौ ? थोरै त मर्यादा राख्नुहोस् म्याडम । यति मात्रै भन्छु कि जतिपनि आरोप छ, त्यो सबै आधारहीन हो

अनुरागले पायलको आरोपको जवाफमा भने ‘मेरी जेठी श्रीमती हुन् वा दोस्री, वा कुनै प्रेमिका वा ती सबै अभिनेत्री जोसँग मैले काम गरेको छु, अथवा ती सबै युवती वा महिलाको समूह जसले सधैं मसँग काम गर्दै आएका छन्, वा ती सबै महिला जसलाई मैले एक्लै वा जनताबीच भेटेँ, म यस्तो प्रकारको व्यवहार न त गर्छु न कुनै पनि हालतमा सहन सक्छु ।’

‘बाँकी जे होला हेर्दै जाऔं । तपाईंको भिडियोमा नै देखिन्छ कि कति साँचो हो कति होइन । तपाईंका लागि प्रार्थना र प्रेम । तपाईंको अंग्रेजीको जवाफ हिन्दीमा दिएका कारण माफी चाहन्छु ।’

अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा आरोप–प्रत्यारोप बढ्दै छ । गुटबन्दी र नेपोटिजमको कुरा पनि उठाइएका छन् ।

Tags

छुटाउनु भयो कि ?