बिबिध

सुतेका बेला सर्पले डस्दा २ वर्षीय बालकको मृत्यु, दुई घाइते

Lumbinikhabar Online

चितवनमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ भने दुई जना उपचारका क्रममा रहेका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१९ का २ वर्षीय रायन रामदाम रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई घरमा सुतिरहेको अवस्थामा विषालु सर्पले डसेको थियो। सर्पको डसाईपछि उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

यस्तै सर्पको डसाईका कारण उनका हजुरआमा ५६ वर्षीया केशरी विक र आमा २३ वर्षीया रुवी सुनारको अवस्था गम्भीर रहेको छ। उनीहरु मध्ये विकको चितवन मेडिकल कलेज र सुनारको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?