खेलकुद

आइपिएल युएईमा आजदेखी सुरु

Lumbinikhabar Online

असोज ३ –     आजदेखि इण्डियन प्रिमियर लिग सुरु हुदैछ। यस बर्षको आइपिएल युएइमा आयोजित हुदैछ र विस्वो व्यापी कोरोना माहामारीका कारण कडा भन्दा काडा स्वास्थ्य प्रोटोकोल सावधानी अपानौने जनाइएको छ।आज हुने उद्घाटन खेलमा गत सिजनको साबिक विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर किङग्स खेल्दै छन् । खेल नेपाली समय अनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुने छ ।

हाल सम्मको आइपिएलमा सबै भन्दा धेरै फाइनल खेलेका दुई टिम मुम्बई र चेन्नईबीचको यो उद्घाटन खेल रोचक हुने हुने छ । यस खेललाई महेन्द्र सिंह धोनी भर्सेज रोहित शर्माको रुपमा पनि लिइएको छ । चेन्नई र मुम्बईबीचका अहिलेसम्मका हेड टु हेड हेर्दा यी दुई टिम २८ पटक प्रतिस्प्रधि बनेका छन् । जसमा मुम्बईले १७ खेल जितेको छ भने चेन्नईले ११ खेल जितेको छ ।

मुम्बई आइपिएल इतिहासमा सबै भन्दा धेरै उपाधि हात पार्ने टिम हो । मुम्बईले आइपिएलमा अहिले सम्म ५ पटक फाईन खेलेको छ । जसमा ४ पटक उपाधि हात पारेको छ भने यता चेन्नईको पनि आइपिएल इतिहास राम्रै छ । चेन्नईले पनि तीन पटक आईपिएल उपाधि जितेको छ भने ८ पटक फाईनल खेलेको छ ।

 

Tags

छुटाउनु भयो कि ?