खेलकुद

बायर्नले साल्केलाई ८-० गोल अन्तरको जीत

Lumbinikhabar Online

साविक विजेता बायर्न म्युनिखले जर्मन बुण्डेसलिगा फुटबलमा शानदार जीत हात पारेको छ । शुक्रबार राति भएको एकपक्षीय खेलमा बायर्नले साल्केलाई ८-० गोल अन्तरको जीत निकाल्यो । घरेलु मैदानमा बायर्नलाई जीत दिलाउन सेर्जी गनाब्रीले ह्याट्रिक गरे । यस्तै लियोन गोर्टेज्का, रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लोरी साने, जामल मुसिलाले एक एक गोल गरे ।

खेलको चौंथो मिनेटमा गनाब्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । १९औं मिनेटमा गोर्टेज्काले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए । ३१औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा बायर्नलाई ३-० ले अघि बढाए ।

दोस्रो हाफमा बायर्नले थप पाँच गोल गर्‍यो । खेलको ४७औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्न ४-० ले अघि रह्यो । ५९औं मिनेटमा गनाब्रीले ह्याट्रिक पुरा गर्दा बायर्न ५-० ले अघि रह्यो । ६९औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता ६-० को बन्यो । खेलको ७१औं मिनेटमा डेब्यु खेलाडी सानेले गोल गर्दै बायर्नलाई ७-० को अग्रता दिलाए । त्यसपछि खेलको ८१औं मिनेटमा मुसिलाले गोल गर्दै बायर्नलाई ८-० को जीत दिलाए ।

Tags

छुटाउनु भयो कि ?