अरु

अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिनेलाई कारवाही गर्न माग

Lumbinikhabar Online

कोरोना भाइरसका कारण पटक–पटक स्थगित हुँदै आएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आगामी मंसिर ११ र १२ गते काठमाडौँमा हुने गरी तय गरिएको छ।महासंघको शुक्रबार बसेको बैठकले मंसिर दोस्रो साता साधारणसभा तय गरेको हो। साधारणसभाले महासंघको आगामी नेतृत्व चयन गर्नेछ।

साधारणसभा काठमाडौँमा सम्भव नभए काठमाडौँ बाहिर गर्ने गरी तयारी गर्ने निर्णय गरिएको बैठकपछि महासंघले जानकारी गराएको छ।यसअघि महासंघको साधारणसभा चैतमा तय गरिएको थियो। कोरोना भाइरसको जोखिकका कारण जेठ, साउन हुँदै सरेर म‌ंसिरका लागि तय गरिएको हो।

Tags

छुटाउनु भयो कि ?