कोभिड-१९

गण्डकी प्रदेशमा थप ३० जना कोरोना संक्रमित थपिए

Lumbinikhabar Online

गण्डकी प्रदेशमा थप ३० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् ।  क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकीमा ३० नयाँ संक्रमित थपिएका हुन् ।

संक्रमितमा नवलपरासी पूर्वका २६, तनहुँ र कास्कीका दुई/दुई जना रहेका छन् । संक्रमित ९ देखि ७० वर्ष उमेर समूहका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या ३ हजार ३ सय २१ पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?