बलिवुड

मुम्बईबाट मनाली पुगेकी कंगना होम क्वारेन्टिनमा

Lumbinikhabar Online

भारतको महाराष्ट्र राज्यको सत्तारुढ दल शिवसेनासँग विवादका कारण चर्चामा रहेकी बलिउड अभिनेत्री कंगना रनौत मुम्बईबाट मनाली पुगेकी छन्। उनी सोमबार मनाली पुगेको जनाइएको छ। उनी हालैमात्र मुम्बई पुगेकी थिइन्। उनी मुम्बई पुगेकै दिन मुम्बईस्थित उनको कार्यालय भवन अवैधानिक भन्दै बम्बे नग। निगमले डोजर लगाएर भत्काइदिएको थियो।

मनाली पुगेपछि कंगना १० दिनका लागि होम क्वारेन्टिनमा बसेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। कोरोना संक्रमण फैलिन सक्ने भन्दै भारत सरकारले तय गरेको स्वास्थ्य मापदण्डका कारण उनी होम क्वारेन्टिन बसेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

कंगना र शिवसेना नेता सञ्जय राउतबीच विवाद भएपछि शिव सेनाकै नेतृत्वमा रहेको नगर गिनमले उनको कार्यालय भवन भत्काएको थियो। सो घटना भारतीय राजनीतिमै उथलपुथल ल्याइदिएको छ। कंगनालाई भारतको केन्द्र सरकारले वाइ प्लस स्तरको सुरक्षा दिएको छ। जसको महाराष्ट्र सरकारले भने विरोध गर्दै आएको छ। कंगनाले मुम्बईलाई पाकिस्तान नियन्त्रित कश्मीर जस्तै भनेकी थिइन्।

Tags

छुटाउनु भयो कि ?