खेलकुद

मेस्सीको दुई गोलले बार्सिलोनाको जित

Lumbinikhabar Online

नयाँ सिजनको तयारीमा रहेको बार्सिलोनाले मैत्रीपूर्ण खेलमा प्रभावशाली जित दर्ता गरेको छ। बुधबार राति भएको खेलमा लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोनाले जिरोनालाई ३–१ ले पराजित गरेको हो ।

३३ वर्षका मेस्सी गएको हप्ता प्रशिक्षणमा फर्किएका थिए बार्सिलोनाबाट बाहिरिने असफल प्रयासपछि। मेस्सीले बुधबार रातिको मैत्रीपूर्ण खेलमा दुवै गोल लङ्ग रेन्जमा गरेका हुन् । मेस्सीले फिलिप कोन्टिन्होले गरेको गोलमा पनि सहयोग गरेका हुन्। बार्सिलोनाले ला लिगामा आफ्नो नयाँ सिजनको सुरुवात सेप्टेम्बर २६ वा २७ मा भिल्लारियलविरुद्धको खेलबाट गर्ने छ।

Tags

छुटाउनु भयो कि ?